• मंसिर १२ २०८१, बुधबार

पूर्व राजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज

बैशाख २९ २०७८, बुधबार

काठमाडौं । अस्पतालमा उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टी भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्व राजा शाहको स्वास्थ्य सामान्य हुँदै गएपछि बुधबार राति ८ डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

उनीसँगै अस्पताल भर्ना भएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पताल भर्ना भएको १९ दिनमा पूर्व राजा शाह डिस्चार्ज भएका हुन् ।