पोखरा । पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले सपथ ग्रहण गरेका छन् ।
प्रदेशको प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै सपथ ग्रहण गराएकी हुन् ।