पोखरा । पृथ्वीसुव्वा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गुरुङले आजै सपथ लिने तयारी भएको छ ।
प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् ।