काठमाडौँ /
नेपाल चिकित्सक संघले जनताको जीवनरक्षा भन्दा ठुलो मुद्दा अरु हुन नसक्ने भन्दै सिंगो राष्ट्र एकठाउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गर्न अपिल गरेको छ। संघले बुधबार एक सार्वजनिक अपिल जारी गर्दै राष्ट्रपति,प्रधानमन्त्री,स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमुख प्रतिपक्ष दल,सम्पूर्ण राजनीतिक दल, नागरिक समाज साथै सम्पूर्ण जनताको नाममासम्बोधन गर्दै कोरोना महामारीलाई देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै कोरोनासँग लडन राष्ट्रिय संकल्पका साथ सबै एकै स्थानमा उभिन अपिल गरेको छ।
संघले आफ्नो अपिलमा भनेको छ, ‘कृपया आजको दिनमा एकमात्र प्राथमिकता कोरोना महामारी र जनताको जीवनरक्षालाई राखौं…….हाम्रो स्वास्थ्य प्रणालीलाई ढल्न नदिन सबैले भरथेग गरौँ । एउटा राष्ट्रिय संकल्पका साथ यो महामारी विरुद्ध लडौं । हामि कोरोना विरुद्ध युद्धमा होमिएका छौं, ढ्रिढतापुर्वक खटिने छौं, यतिबेला यो लडाईमा तपाईहरुको संकल्प, सत्प्रयास र साथ चाहिएको छ।’
नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुमपा मनन गर्दै देशभर रेड अलर्ट घोषणा गर्न चिकित्सक संघले अपिल गरेको छ।