• मंसिर ११ २०८१, मंगलवार

कर्णालीमा पुनर्गठन भयो मन्त्रिपरिषद

बैशाख २९ २०७८, बुधबार

सुर्खेत /

कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरेफेर भएको छ। प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद हेरेफेर गरेका हुन्। अहिले विद्यमान मन्त्रिपरिषदबाट दुईजना मन्त्रीले राजिनामा दिएसँगै तीनजना नयाँमन्त्री नियक्त हुने भएका छन्।

कर्णाली प्रेदेशबाट प्राप्त जानकारी अनुसार नयाँ मन्त्रीहरुमा सांसदहरु गोपाल शर्मा, सिता नेपाली र बिन्दमान बिष्ट थिपिने भएका छन् भने मन्त्रीद्वय आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्री बिमला केसीले राजिनामा दिएका छन्।

अब हुने मन्त्रीहरुमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिष्ट , आर्थिक मामिला तथा योजनामन्त्रीमा शर्मा र उर्जामन्त्रीमा नेपालीले नियुक्ती पाउनेछन।

बुधाबार नै नयाँ नियुक्त हुने मन्त्रीहरुले सपथ लिने समेत बताइएको छ। बुधाबारै बसेको प्रदेशमन्त्री परिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत तथा उर्जा, सामाजिक विकास ,मन्त्रालयमा रहेको युवा तथा खेलकुद आन्तरिक मामिला तथाकानुन मन्त्रालय अन्तरगत राख्ने निर्णय गरेको छ।