• मंसिर १० २०८१, सोमबार

जब ‘महाभारत’का भीष्म पितामहको मृत्युको हल्ला फैलियो……

बैशाख २९ २०७८, बुधबार

नयाँदिल्ली । सोशल मिडियामा जहाँ जे पनि गलत हल्ला फैलिने गर्दछ । गलत हल्लाको बढी शिकार बी टाउनका स्टार बनिरहेका छन् । गत केही दिनदेखि कयौं स्टारको निधनको गलत हल्ला सोशल मिडियामा फैलिरहेको छ । यो लिष्टमा धारवाहिक ‘महाभारत’मा भीष्म पितामहको भूमिका निर्वाह गर्ने अभिनेता मुकेश खन्ना पनि परेका छन् ।

अहिले सोशल मिडियामा उनको निधनको गलत हल्ला फैलिएको छ । सोशल मिडियामा कयौं युजर्सले उनको निधनको पोष्ट गरेका छन् । तर, मुकेशले आफू स्वस्थ रहेको बताएका छन् ।

‘म बताउन तपाईंहरुका अगाडि आएको छु । म एकदमै ठीकठाक छु’ खन्नाले एक भिडियो शेयर गर्दै भनेका छन् ‘म मेरो बारेमा फैलिएको गलत हल्लाको खन्डन गर्दछु र निन्दा पनि ।’ ‘सोशल मिडियाको समस्या नै यहि हो कि, मानिस गलत समाचार फैलायाउने गर्दछन्’ उनले अगाडि भने ‘मेरो साथमा तपाईंहरु सबैको आर्शिवाद रहेको छ । त्यसैले मलाई केही हुन सक्दैन ।’

उनले आफ्नो चिन्ता लिनेलाई धन्यवाद समेत दिएका छन् । मुकेशको दाई सतीश खन्नाको भने केही अगाडि निधन भएको थियो । उनले ८४ वर्षको उमेरमा मुम्बईको आफ्नो घरमा अन्तिम सास फेरेका थिए । गत ४ मेमा रामायणमा रावणको भूमिका निर्वाह गर्ने अभिनेता अरविन्द त्रिवेदीको पनि निधनको झुटो समाचार फैलिएको थियो । अभिनेत्री मीनाक्षी शेषद्रीस र गायक लकी अलीका विषयमा पनि यस्तै झुट फैरिएको थियो ।