• मंसिर १२ २०८१, बुधबार

एमालेका प्रभावशाली नेता पशुपति चौलागाईंको निधन

बैशाख २८ २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता पशुपति चौलागाईंको निधन भएको छ ।

कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका चौलागाईंको मंगलबार साँझ निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।