काठमाडौं । काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने भएको छ ।
सरकारले महामारी उच्च गतिमा बढेकाले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले सो निर्णय भएको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएपछि सो निर्णय गरिएको हो ।
पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको आर्यालले बताए ।