• मंसिर १२ २०८१, बुधबार

पूर्वरानी शाहको स्वास्थ्यावस्थामा सुधार हुँदै 

बैशाख २८ २०७८, मंगलवार

काठमाडौं ।  पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्यावस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट शय्या सारेर उपचार भइरहेको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको जानकारी दिए । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएका छन् । उनीहरु तीनै जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ ।

उनीहरु कोरोना सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका थिए । पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको