काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो दाबी पेश गर्न आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई वैशाख ३० गते नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रायोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले सोमबार (आज) विश्वासको मत गुमाएसंगै आजैबाट स्वतः पदमुक्त भएका छन् ।