• मंसिर १४ २०८१, शुक्रबार

अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाई गर्‍यो : डा. भट्टराई

बैशाख २७ २०७८, सोमबार

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् डा. बाबुराम भट्टराईले अन्ततः संसदले ओली सरकारलाई विधिवत विदाई गरेको बताएका छन् ।

संसदमा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि ट्वीट गर्दै ओली सरकारको विधिवत विदाई भएको बताएका हुन् ।

उनले लेखेका छन्,‘अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।’

त्यस्तै उनले राष्ट्रपतिले तुरुन्त नयाँ सरकार गठनका लागि आह्वन गर्न समेत माग गरेका छन् ।

‘देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६(२)अनुरूप२वा २भन्दा बढी दलको नयाॅसरकार गठन गर्ने आह्वान गरून्!दलहरूले स्वीकारून!’,उनले लेखेका छन् ।