• मंसिर १२ २०८१, बुधबार

कुन जिल्लामा कति संक्रमित थपिए (सूचीसहित)

बैशाख २७ २०७८, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ६ सय २३ जनाको पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार २ सय ७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

नेपालभर ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमित भेटिएको छ ।

प्रदेश १ :
इलाममा १०, उदयपुरमा ५५, ओखलढुंगामा १३, खोटाङमा ६, झापामा १५४, ताप्लेजुङमा ३६, तेह्रथुममा ३१, धनकुटामा १, पाँचथर ७, भोजपुरमा ३, मोरङमा ३९९, संखुवासभामा ६ र सुनसरी ९४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ :
धनुषामा १४४, पर्सामा १४६, बारामा ४०, महोत्तरीमा ८९, रौतहटमा ७७, सप्तरीमा १५, सर्लाहीमा १८ र सिरहामा २४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेश :
काठमाडौंमा मात्र २७ सय ७५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १२७, चितवनमा ३९२, दोलखामा ६, धादिङमा ७०, नुवाकोटमा २३, भक्तपुरमा ३२७, मकवानपुरमा २३८, रसुवामा ८, रामेछापमा १७, ललितपुरमा ५०५, सिन्धुपाल्चोकमा १६ र सिन्धुली १६ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेश :
कास्कीमा ४७३, गोरखामा ६२, तनहुँमा ३९, नवलपरासी पूर्वमा ८३, पर्वत ३७, मनाङ २, म्याग्दी २१, लमजुङमा २४, बागलुङमा ४ र स्याङजामा २८ जनामा कोरोना भेटिएको छ।

लुम्बिनी प्रदेश :
अर्घाखाँचीमा ५, कपिलवस्तुमा ११५, गुल्मीमा २६, दाङमा २४६, नवलपरासीमा ७६, पाल्पामा १०८, प्यूठानमा ४, बर्दियाका १४४, बाँकेमा २९५, रुपन्देहीमा ५३० र रोल्पामा ८ जना छन्।

कर्णाली प्रदेश :
कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ९, डोल्पा ३, दैलेखमा २९, रुकुम पश्चिममा १, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेश :
अछाममा ७३, कञ्चनपुरमा ३९५, कैलालीमा ३४०, डडेल्धुरामा ३८, दार्चुला १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।