काठमाडौँ /
प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसहरुमा पापधर्मको ख्याल हराएको जस्तो भएको बताएका छन्। संसदको जारी बिशेष बैठकमा आफूमाथि उठेका विभिन्न सवालहरुको जवाफ दिंदै ओलीले सो कुरा बताएका हुन्।
यो बेला विभेदको गीत गाउने नभएर बिभेद अन्त्य गर्ने बेला भएको बताएका ओलीले आफूलाई विश्वासको मत दिएर सरकार र संसद बचाउन सांसदहरुलाई फेरी आग्रह गरे।
‘केही नेताहरुले हलो अडकाएर गोरु पडकाउने’ पारा देखाएको भन्दै संबैधानिक विकल्पका लागि आफू संसदमा आएको उनले बताए।
संसदमा अहिले प्रधानमन्त्री माथि विश्वासको मत दिने नदिने बारेमा मतदान हुदैछ।