• मंसिर १४ २०८१, शुक्रबार

ओली सरकार संबिधान र संसदीय मान्यताप्रति प्रतिवद्ध छैन: देउवा

बैशाख २७ २०७८, सोमबार

काठमाडौँ /

कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको सरकार संबिधान र संसदीय मान्यताप्रति प्रतिवद्ध नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारलाई विश्वासको मत माग्न वा परिक्षण गर्न बोलाइएको संघिय संसदको बिशेष बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

ओली सरकार पूर्ण रुपमा असफल भएको भन्दै दुई तिहाई मत पाएको भनिएको ओली सरकारले अहिले आफैले विश्वासको मत माग्नुपर्ने अवस्था आउनुमा प्रधानमन्त्री ओली आफै यसको जिम्मेवार भएको धारणा व्यक्त गरेका छन्।

महामारीमा यो सरकार झन असफल भएको बताउदै देउवाले जनता अक्सिजन नपाएर छतपटाएको यो जर्जर अवस्थामा पनि ओली सरकार माफियाहरुसँग कमिसनको खेलमा लागेको समेत आरोप लगाए।

केपी ओलीले विगत ३ वर्षमा संविधानको मर्म र भावनालाई कुण्ठित मात्र काम गरेको हुनाले उनले नेतृत्व गरेको सरलाई हटाउनु परेको बताए।