काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत लिन नसके संविधानको धारा ७६(२) बमोजिमको सरकार गठनका लागि दाबी गर्ने निणर्य गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा दुई दलका नेताहरुबीच यस्तो सहमति जुटेको हो ।
“प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि अविश्वासको प्रस्ताव दर्ता गरिरहनु परेन,” नेता वर्षमान पुनले भने, “हामीले संविधानको धारा ७६(२) बमोजिमको सरकारको दाबी गर्छौँ ।”
कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।