कास्की । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा उक्त पार्टीका तीन सांसद छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिइसकेका छन् । उनीमाथि दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान गर्ने कार्यसूची थियो ।
गण्डकीमा सरकार बनाउन जनमोर्चा निणर्ायक मानिएको छ । यही वैशाख १ गते जनमोर्चाको केन्द्रीय बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेता पनि यहाँ गुरुङ सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।
आइतबारै जनमोर्चाले प्रदेशसभा सचिवालयमा समर्थन फिर्ता गरिएको पत्र दर्ता गराएको सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । जनमोर्चाको केन्द्रले विपक्षी दललाई सरकार बनाउन सहयोग गर्ने निणर्य लिएको छ तर, यहाँका सांसद भने मानेका छैनन् । केन्द्रीय महासचिव मनोज भट्ट, प्रदेश अध्यक्ष शंकर बरालसमेत विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त सरकारलाई सघाउने पक्षमा छन् ।
यही वैशाख १२ गते बसेको जनमोर्चाको संसदीय दलको निणर्यानुसार विश्वासको मत फिर्ता लिइएको सचेतक पियारी थापाले बुझाएको पत्रमा उल्लेख छ ।