काठमाडौँ /
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कोरोना जितेर संक्रमण मुक्त भएका छन्। संक्रमित भई थापाथली स्थित नर्भिक अस्पतालमा उपचाररत उनी आइतबार साँझ संक्रमणमुक्त भएका हुन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परिक्षण गर्दा उनमा संक्रमण नदेखिएको बताए।
भट्टराईका अनुसार संक्रमण मुक्त भएपनि केहीदिन चिकित्सकको निगरानीमा नेता खनाल अस्पतालमै रहने छन्। भाइरस संक्रमित भएपछी उनी यही बैशाख १८ गते अस्पताल भर्ना भएका थिए। खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टाराईले जानकारी दिए।