काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पूरै परिवारमा कोरोना संक्रमण पुष्टि भएको छ।
सुरुमा शर्मालाई संक्रमण देखिएको थियो। पछि श्रीमतीलाई र आइतबार छोरी तथा छोराको रिपोर्ट पनि पोजिटिभ आएको शर्माले जानकारी गराएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘जब मान्छेलाई गाह्रो पार्छ तब मान्छे दृढ र अझ धारिलो बन्नुको विकल्प हुँदै हुन्न। छोरीछोराको रिपोर्ट पनि पोजिटिभ जो आयो।’
परिवारै संक्रमित भएपछि कोरोनालाई परास्त गर्न अझ उच्च मनोबल, सजगता र एकता साथ चारैजना समर्पित भएर लागेको पनि शर्माले बताएका छन्।
उनीहरु सबै होम आइसोलेसनमै बसेका छन्।