• मंसिर ११ २०८१, मंगलवार

नेपाल र ओली पक्षका नेताबीचको छलफल निष्कर्षबिहीन

बैशाख २६ २०७८, आईतवार

काठमाडौँ /
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सामुहिक राजिनामा रोकेर माधव नेपालसँग छलफल गर्ने प्रस्ताव सहित पठाएका नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङसँग छलफल गर्दा कुनै निष्कर्ष निस्कन नसकेको नेताहरुले बताएका छन्।

ओलीको सन्देश सहित आएका नेताहरुसँगको छलफलमा कुनै निष्कर्ष ननिक्लिएपछि माधव नेपालले आफू निकट नेताहरुसँग सामुहिक राजिनामाबारे छलफल थालेका छन्।

माधव समूहका सांसदहरु आजै सामुहिक राजिनामा बुझाउने पक्षमा देखिएका छन्।