काठमाडौं । अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौंका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन्।
नेपाल–भारत मैत्री अस्पताल, मेडिकेयर अस्पताल लिमिटेड, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले आज विज्ञप्ति निकालेर उपचार गर्न नसकिने उल्लेख गरेका छन् ।
अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको अस्पतालले विज्ञप्तिमा जनाएको छ ।