• फाल्गुन २४ २०८२, आईतवार

अक्सिजन सहज रुपमा उपलब्ध गराउ चिकित्सक संघ, स्वास्थ्य माफियालाई कारवाही गर क्रान्तिकारी

बैशाख २५ २०७८, शनिबार

काठमाडौँ /

नेपाल चिकित्सक संघले कोभिड-१९ उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिन्डर अभाव नहुने अवस्थाको सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।

हाल कोभिड-१९  महामारीको उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई विरामी भर्ना गर्न नसकिएको, विरामीलाई आफैले अक्सिजनको व्यवस्था गर्नुपर्ने र अक्सिजनको अभावका कारण विरामीहरुलाई बेडबाट खालि गर्नुपर्ने अवस्था आएको भनि सूचना प्रेषित गरेकोमा नेपाल चिकित्सक सँघको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस गम्भीर अवस्थामा कोरोना महामारीमा खटिएका अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिन सरकारसँग माग गरेको हो।

संघका महासचिव डा. बद्री रिजालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे सरकारसँग चिकित्सकहरुको माग सार्वजनिक गरेका हुन्।

क्रान्तिकारीले दियो माफियालाई कार्वाही गर्ने चेतावनी

यसैबीच क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले स्वास्थ्य माफियाहरुलाई सरकारले कार्वाही नगरे आफूहरुले कार्वाही गर्ने चेतावनी दिएको छ।

क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइए अनुसार ‘कोभिड-१९ का विरामीहरुलाई नि:शुल्क परिक्षण र उपचार गर्न, आम जनतालाई अबिलम्ब नि:शुल्क कोरोनाको खोप व्यवस्था गर्न, मनपरी ढंगले कोभिड-१९ लगायत अन्य विरामीहरुबाट शुल्क असुल्ने मिडिकल कलेज र अस्पतालहरुलाई छानविन गरि हदैसम्मको कारवाही गर्न र हुकुम लगायत निजि कम्पनीलाई खोप ल्याउन दिइएको अनुमति रद्द गरि सरकार आफैले खोप ल्याई आम नेपाली जनतालाई खोप लगाउने वातावरण तयार गर्न हार्दिक अपिल गर्दछौं।’ भनिएको छ।

क्रान्तिकारीले स्वास्थ्य माफियालाई अबिलम्ब कार्वाही गर्न अपिल गर्दै सरकारले कार्वाही नगरे त्यस्ता माफियाहरुलाई आफैले कार्वाही गर्ने चेतावनी दिएको छ।

                    हेरौं विज्ञप्तिहरु ⇓

 

नेपाल चिकित्सक सँघको विज्ञप्ति
नेपाल चिकित्सक सँघको विज्ञप्ति
विद्यार्थी संगठनको विज्ञप्ति
विद्यार्थी संगठनको विज्ञप्ति