• चैत्र २७ २०८१, बिहीबार

दोलखा भीमेश्वरमा फेरि आयो पसिना

बैशाख २५ २०७८, शनिबार

काठमाडौँ /

वेला वेला पसिना आएर चर्चामा आउने दोलखा भीमेश्वर मन्दिरको शिलामा फेरी ‘पसिना’ आएको छ। सो मन्दिर व्यवस्थापनका एक अधिकारीका अनुसार शनिबार दिउसो १ बजेतिर मन्दिरमा रहेको शिलामा ‘पसिना’ आएको छ। मन्दिरको  शिलामा पसिना आएको जानकारी गराएपछि दोलखाका सिडियो सहित जिल्ला सुरक्षा समितिका पदाधिकारी मन्दिरमा पुगेका छन्।


Advertisement

अहिले मन्दिरमा क्षमा पूजाको तयारी भएको एक प्रहरी अधिकारीले बताए। पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वरमा पसिना आएको भन्दै स्थानिय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो।

प्रचलित परम्परा अनुसार शिलामा पसिना आएसँगै मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने चलन रहेको छ।

शिलाबाट पसिना आउदा अनिष्ट हुने जनविश्वास समेत गरिन्छ।