• मंसिर १२ २०८१, बुधबार

चीनबाट पहिलो चरणमा चारसय खाली अक्सिजन सिलिन्डर ल्याइदै

बैशाख २५ २०७८, शनिबार

काठमाडौँ /

नेपाल सरकारले चीनबाट पहिलो चरणमा ४ सय अक्क्सिजनका खाली सिलिन्डर ल्याउने भएको छ। उप-प्रधानमन्त्री तथा कोभिड-१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले २० हजार खाली सिलिन्डर मध्ये पहिलो चरणमा चारसय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाकार गणेश पाण्डेले जानकारी दिए।

सिलिन्डर ल्याउनका ;लागि यही बैशाख २७ गते नेपाल वायु सेवा निगमको वाईडबडी विमान चीन जाने भएको छ। बीस हजारमध्य दुई हजारजहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ। नेपाल सरकारको अनुरोधमा चीन सरकारले नि:शुल्क ती सिलिन्डर प्रदान गर्न थालेको हो।

नेपालमा अहिले अक्सिजन सिलिन्डरको संख्या ६ हजार २८८ रहेकोमा दैनिक १ हजार ४११.५ लिटर अक्सिजन खपत भइरहेको छ।