• मंसिर १२ २०८१, बुधबार

कोरोना संक्रमणबाट कपिलवस्तुमा दुई घण्टाभित्र दुई प्रधानाध्यापकको मृत्यु , प्याबसन स्तब्ध !

बैशाख २४ २०७८, शुक्रबार

कपिलवस्तु । कोरोना संक्रमणका कारण कपिलवस्तुमा एकैदिन २ जना प्रध्यानध्यापकको मृत्यु भएको छ ।

शिवराज नगरपालिकामा अवस्थित फपुरी इंग्लिस बोडिङ स्कुलकी प्रधानाध्यापक फराह चौहान र गोल्डेन पार्क चिल्ड्रेन्ज एकेडमीका प्रधानाध्यापक गोपाल पाठकको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । उनीहरु दुवैको शिवराज नगरपालिकाले तयार पारेको आइसोलेसनमा निधन भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिए ।

शिवराज नगरपालिका ५ निवासी ३६ वर्षिय पाठकको आज बिहान ९ बजे निधन भएकोमा फपुरीकी प्रिन्सीपल फराह चौहानको पनि बिहान १० बजे शिवराजकै आइसोलेसनमा मृत्यु भएको घिमिरेले बताए । स्व. गोपाल पाठक कपिलवस्तु नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का सचिब समेत थिए ।

यसैबीच जिल्ला सचिव र एक जना प्रिन्सिपलको कोरोनाका कारण ज्यान गएपछि प्याबसन जिल्ला कमिटि स्तब्ध भएको छ ।