• मंसिर १२ २०८१, बुधबार

उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार भन्दा बढी 

बैशाख २४ २०७८, शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जना थपिएको जानकारी दिएका हुन् ।