काठमाडौँ /
हेलिकोप्टर चढेर गृहमन्त्री राम बहादुर थापा ‘बादल’ राष्ट्रिय सभाको उम्मेद्वारी दर्ता गर्न काठमाडौँबाट हेटौडा पुगेका छन्। गृहमन्त्री बोकेर काठमाडौँबाट उडेको हेलिकोप्टर हेटौडाको डिआइजी कार्यालयमा अबरण गरेर मन्त्री थापा त्यहाँबाट निर्वाचन कार्यालय पुगेका छन्।
गृहमन्त्री थापाका प्रतिद्वन्दी डा.खिमलाल देवकोटाले मन्त्रीभन्दा पहिले उम्मेद्वारी दर्ता गरेका छन्। गृहमन्त्री थापा नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका छन् भने एमाले निकटकै बुद्धिजीवीका रुपमा चिनिने डा.देवकोटाले काँग्रेस,माओवादी केन्द्र,एमाले माधव नेपाल-झलनाथ खनाल समूहका तर्फबाट साझा रुपमा उम्मेद्वारी दिएका छन्।
गृहमन्त्री थापा चुनाव चिन्ह सूर्यबाट र डा. देबकोटा हँसिया-हथौडाबाट चुनाव लड्ने छन्।