• मंसिर १२ २०८१, बुधबार

एकैदिन ९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ५४ जनाको मृत्यु

बैशाख २३ २०७८, बिहीबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार २० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो संख्या एकैदिन संक्रमित हुने संख्याको अहिलसम्मकै उच्च हो ।

सोही अवधिमा ५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।