काठमाडौँ /
संघीय संसदका चारजना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आउने बैशाख २७ गते बस्न लागेको प्रतिनिनिसभाको बैठकअघि बुधाबार सांसद लगायत कर्मचारीहरुको पिसिआर परिक्षण गर्दा ४ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
१२८ जनाको स्वाव संकलन गरेर परिक्षण गर्दा लक्ष्मणलाल कर्ण,नरमाया ढकाल,रामबाबु यादब र पार्वती डिसी चौधरीलाई कोरोना पुष्टि ब हेको हो। अरु साबि रिपोर्ट आउन बाँकी रहेको संसद सचिवालयले बताएको छ।
यो संगै प्रतिनिधिसभाका जम्मा ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने नेपाल सरकारका तीन् मन्त्रीलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।