काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् ।
शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनी फेरि अस्पताल भर्न भएका हुन् ।
परिवारका अनुसार गत वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएपछि घरमा नै आइसोलेसनमा बसिरहेका थिए ।
घरमा बसिरहँदा स्वास्थ्यमा समस्या आएपछि उनलाई गत वैशाख १० गते नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकले उनको छातीमा संक्रमण देखिएको जानकारी गराएका थिए ।
अस्पताल बसाई पछि गत वैशाख १७ गते घर फर्किएका मदनकृष्णलाई श्वास फेर्न समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।
मदनले पहिलो चरणको कोरोना भ्याक्सिन लगाइसकेका छन् । मदनकृष्णसहित परिवारको कोरोना रिपोर्ट आउन बाँकी छ ।