• मंसिर १२ २०८१, बुधबार

कपडाको मास्क लगाउने तरिकाः

बैशाख २२ २०७८, बुधबार

१) मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

२) मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्ने

३) मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने

४) नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने

५) सकभर मास्कलाई हातले नछुने

६) डोरी मात्र समाई मास्क फुकाल्ने

७) कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने

८) मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

९) प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने

१०) एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।