काठमाडौँ /
सुनको मूल्य तोलामा ३ सय रुपैया घटेर प्रतितोला ९० हजार ३ सय कायम भएको छ। मंगलबार ९० हजार ६सयमा कारोवार भएको सुनको मूल्य बुधबार ३ सय घटेर ९० हजार ३ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ।
महासंघले बुधबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय तोकेको छ। मंगलबार भने तेजावी सुनको मूल्य ९० हजार १ सयमा कारोवार भएको थियो।
सुनको मुल्यसंगै बुधबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । बुधबार चाँदीको मूल्यमा पाँच रुपैयामा गिरावट आएको हो। मंगलबार प्रतितोला १ हजार ३ सय २५ रुपैयामा कारोवार भएको चाँदीको मूल्य बुधबार १ हजार ३ सय २० रुपैया कायम भएको छ।
मूल्य घटेपनि देशका अधिकांश प्रमुख शहरहरुमा जारी भएको निषेधाज्ञाका कारण सुनको कारोवार भने शुन्यजस्तै रहेको महासंघले बताएको छ।