• मंसिर १७ २०८१, सोमबार

मालीकी सिसेले जन्माइन् ९ सन्तान

बैशाख २२ २०७८, बुधबार

काठमाडौं । मालीमा एक महिलाले एकैपटक ९ बच्चा जन्माएकी छिन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो । यद्यपि त्यहाँका डाक्टरले भने ती महिलाको गर्भमा सातवटा मात्रै भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।

मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । तर उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ । सिसेको गर्भावस्थाले यसअघि नै अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो ।

जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए, जहाँ उनले पाँच छोरी र चार छोरा जन्माएकी छिन् ।

‘आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,’ मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्सेप्रेसे बताइन् । सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए । उनीहरु थुप्रै हप्तापछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन् ।