• चैत्र २६ २०८१, बुधबार

दुई कोरियालाई एक बनाउनेबारे छलफल

बैशाख २१ २०७८, मंगलवार

काठमाडौँ /

दुई कोरियाको पुनर्मिलनको बारेमा विभिन्न व्यक्तित्वको बीचमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ। ७० वर्ष पहिले एउटै देश रहेको कोरियाबाट टुक्रियर छुट्टा छुट्टै उत्तर कोरिया र दक्षिण कोरिया बनेका देशलाई मिलाई एउटै देश बनाउने उदेश्यले सो छलफल कार्यक्रम गरिएको थियो।

सन् २०२१ को गत अप्रिलको अन्तिममा भर्चुवल रुपमा आयोजना गरिएको उक्त छलफल त्रिदिवसीय रुपमा भएको थियो। अन्तरराष्ट्रिय नेतृत्व सम्मेलन २०२१ नाम दिइएको सो छलफल कार्यक्रम युनिभर्सल पिस फ़ेडरेशनले आयोजना गरेको थियो।

कार्यक्रममा उत्तर र दक्षिण कोरियाको पुनर्मिलनको सवालमा विभिन्न देशका नौं पुर्व राष्ट्र प्रमुख सहित विभिन्न देशका सांसदहरुले सम्बोधन गरेका थिए। एशिया प्रशान्त क्षेत्रको लागि सम्पन्न सो कार्यक्रममा ४५ देशका २० हजार मानिसहरु सहभागी भएको युनिभर्सल टाइम्सका बिष्णु गिरि ‘निश्चल’ दाबि गरे। कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेर सामाजिक मिडिया मार्फत २ लाख ५० हजार दर्शनहरुसम्म पुर्याएको पनि निश्चलले बताए।

 दुई कोरियालाई एक बनाउनेबारेको छलफलका वक्ताहरु
दुई कोरियालाई एक बनाउनेबारेको छलफलका वक्ताहरु

त्यस्तै सोही कार्यक्रम कोरिया, जापान,अमेरिका,युरोप र मध्यपूर्व साथै उत्तर र दक्षिण अमेरिकामा पनि आयोजना गरिएको थियो। ती देशहरुमा आयोजना गरिको कार्यक्रम अंग्रेजी भाषामा गरिएको भएपनि विभिन्न आठ भाषाहरुमा अनुवाद गरिएको थियो।