• मंसिर ११ २०८१, मंगलवार

‘रातोभाले’ मन्दिर चढाई दुर्गा फकाउँदै गणेश (भिडियो सहित)

बैशाख २० २०७८, सोमबार

काठमाडौँ /

मौलिक दोकदोहोरी गीत ‘रातोभाले’को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गणेश गुरुङको शब्द र लय सिर्जनामा रहेको सो गीतलाई कमल सौरागले संगीत संयोजन गरेका छन् भने गणेश गुरुङ र दुर्गा गुरुङले गीतमा स्वर दिएका छन् ।

बबिता क्लिप्स इन्टरटेन्मेण्टले निर्माण गरेको सो गीत काठमाडौँ डिजिटल स्टुडियोमा रेकर्ड भएर बाहिर आएको हो । गीतको भिडियोको दृश्यमा शहरका केटाहरु गाउँकी पातली (केटी) खोज्दै कसरी फकाउने होला भन्ने विचार मनमा राख्दै गाउँ पुगेका छन् भने गाउँकी पातलीहरु बोल्न नजानेको जस्तो भाव गरेर उनीहरुलाई जिस्काउँदै गरेको देखिन्छ ।

गुरुङ गाउँको सेरोफेरोमा नाचगान गर्दै ‘मिठो तिहुन कसरी पकाउने, पातलीलाई कसरी फकाउने’ भन्दै रमाइलो गरेको दृश्य भिडियोमा हेर्न पाइन्छ । भिडियोमा शोभा ठकुरी, गणेश गुरुङ, संजित गुरुङ, सम्झना गुरुङ, विकास गुरुङ, सुजाता गुरुङ, अमृत गुरुङ, समिसा गुरुङ, सुरेश गुरुङ लगायतका कलाकारहरुले नृत्य गरेको सो गीतको भिडियोलाई साजन थापामगरले निर्देशन गरेका हुन् ।

भिडियोका दृश्यहरुलाई धन कुमार गुरुङले क्यामरामा कैद गरेका हुन् भने धनकुमार गुरुङले नै भिडियो सम्पादन सम्पादन समेत गरेका छन् । सुभेक्षा फिल्मस नेपाल पोखराले यस गीतको भिडियोलाई पोस्ट प्रोडक्शन गरेको छ ।

हेरौं भिडियो⇓