• मंसिर १२ २०८१, बुधबार

कोभिड-१९ रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

बैशाख २० २०७८, सोमबार

काठमाडौँ /

सरकारले कोभिड-१९ महामारी रोकथाममा खटिने स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ। महामारी रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई सरकारले ५० प्रतिशत भत्ताको व्यवस्था गर्ने कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आज देश र देशवासीको नाममा सार्वजनिक सम्बोधन गर्दै गराएका हुन्।

त्यसरी महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गर्नुको अलावा देशमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षे करारमा भर्ना गरिने पनि प्रधानमन्त्री ओलीले आफ्नो सार्वजनिक सम्बोधनमा उल्लेख गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले त्यसरी खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको समेत उपचार र बीमाको व्यवस्था गरिने बताए।