काठमाडौँ /
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमणको साङ्गलो चुडाउन निषेधाज्ञा गरिको बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह देशवासीको नाममा सम्बोधन गर्दै सो कुरा बताएका हुन्। नेपाल टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निषेधाज्ञा बाहेक कोभीड-१९ रोकथाम गर्न सरकारले गरेका विभिन्न कामहरु सुनाएका थिए।
सम्बोधनका क्रममा ओलीले सरकारले सबै जनतालाई कोभिड-१९ को निशुल्क खोप लगाउने व्यवस्था गरेकोमा नेपाल यो काम गर्नेमा दक्षिण एशियामा दोस्रो मुलुक भएको समेत बताए। यही बैशाख २० गते रातीबाट आन्तरिक र २३ गते देखी अन्तरराष्ट्रिय उडान बन्द हुने ओलीले सम्बोधनका क्रममा जानकारी गराए।
नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व रहेको बताउदै प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने ‘कसैलाई भोकै मर्न नदिन सरकार सजग छ।’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारी रोकथाममा खटिने स्वास्थ्यकर्मीहरुलाई ५०%जोखिम भत्ताको व्यवस्था गरिने साथै अवकाशप्राप्त स्वास्थ्यकर्मीहरुलाई १ वर्ष करारमा भर्ना गरिने समेत जानकारी गराए।
कोभिड-१९ महामारी रोकथामको लागि सरकारले चालेका कदममा साथ दिन जनतालाई अनुरोध गरेका प्रधानमन्त्रीले धर्य गरौँ,सावधानी अपनाऔं तर नाअत्तिऔं भनेर आफ्नो सम्बोधन टुङ्ग्याएका थिए।