• असार १३ २०८१, बुधबार

कोरोना महामारीमा झन् धनी हुने यी व्यवसायीहरु

बैशाख १४ २०७८, मंगलवार

काठमाडौँ /

कोरोना भाइरस महामारी फैलिदै जाँदा राजनीति सँगै चर्चामा रहको क्षेत्र हो अर्थतन्त्र । अर्थतन्त्र अर्थात् पैसाको कारोबार । भाइरस महामारीले गर्दा कुनै मानिसलाई वा व्यापारिक घरानालाई अनि देश र संसारलाई यति व्यापार घाटा भयो, आर्थिक गतिविधि नहुँदा समस्या सिर्जना भयो भनेर हुने गरेका चर्चा वा बहसहरु त तपाईंले पक्कै पनि कहीँ न कहीँ सुन्नु भएकै होला । नेपालमा कोरोना भाइरस महामारीको दोस्रो लहर शुरु भएको यो अवस्थामा त झन् अर्थतन्त्र चलाएमान नभएर थप आर्थिक समस्या आउने हो कि भनेर मानिसहरु त्राहीमाम भएको अवस्था छ ।

तर संसारमा यस्ता मानिसहरु पनि छन् महामारीको समयमा होस् या अरु नै समय, जतिबेला पनि उनीहरुले आफ्नो आम्दानी गरिरहेका हुन्छन् । यही नियमित आम्दानीको कारण नै ती मानिसहरु संसारमा सबैभन्दा धनी बनेका हुन्छन् । हरेक वर्ष फोब्स पत्रिकाले यस्ता संसारका धनीहरुको सूची सार्वजनिक गर्ने गर्छ । हरेक वर्ष अंग्रेजी पात्रो अनुसार मार्च महिनामा सार्वजनिक गरिने संसारका धनी मानिसहरुको सूचीमा यसवर्ष संसारमा २७५५ जना मानिसहरु अटाएका छन् । संसारका सबै अर्बपतिहरुको बारेमा लेख्दा त तपाईं पाठकलाई पढ्न पट्यार लाग्ला, तर आउनुहोस् ती धनीहरुमध्ये ३ जना सबैभन्दा बढी धनीहरुबारे केही जानौं ।

जेफ बेजोस

अरबपति जेफ बेजोस
अरबपति जेफ बेजोस

यो वर्ष संसारका सबैभन्दा धनी मानिसहरुको सूचीमा जेफ बेजोस सबैभन्दा बढी धनी देखिएका छन् अथवा बेजोस अहिले संसारका सबैभन्दा धनी मानिस रहेका छन् । ५७ वर्षका बेजोस अमेरिकाका नागरिक हुन् । उनी अमेजन नामक कम्पनीका मालिक हुन् । उनको कम्पनीबाट विद्युतीय कारोबार (ई–कमर्श), क्लाउड कम्प्युटिङ्ग, आर्टिफिसियल इन्टेलिजेन्समा काम हुनुका साथै कम्प्युटर हार्डवेयरका समान पनि निर्माण हुन्छन् । यो कम्पनीको कुल सम्पती १७७.८७ अरब अमेरिकी डलर रहेको छ । आजभन्दा २६ वर्ष पहिले अर्थात् सन् १९९४ जुलाई ५ का दिन बेजोस आफैले यो कम्पनी स्थापना गरेका थिए । यो कम्पनीको केन्द्रिय कार्यालय अमेरिकाको राजधानी वासिङ्टन नजिकै सियाटल शहरमा रहेको छ । संसारभरी सेवाक्षेत्र रहेको यो कम्पनीका अध्यक्षका साथै प्रमुख कार्यकारी बेजोस आफै रहेका छन् ।

इलोन मस्क

अरबपति इलोन मस्क
अरबपति इलोन मस्क

इलोन मस्कको पुरा नाम इलोन रिभ मस्क (Elon Reeve Musk) हो । मस्क हाल संसारका दोस्रो ठुलो धनीको सुचिमा सुचिकृत छन् । उनको जम्मा सम्पती १५१ अरब अमेरिकी डलर रहेको छ । महान राजनितिज्ञ नेन्सल मण्डेलाको देश दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा अंग्रेजी पात्रो अनुसार १९७१ जुन २८ को दिन जन्मेका मस्क अहिले ५० वर्षका भएका छन् । उच्च शिक्षाको लागि अमेरिका गएका उनी उतै रहेर प्रगतीगरी संसारभर प्रख्यात भए । मस्कले आमाको माइति देश क्यानाडा पुगेर सन् १९८८ मा त्यहाँको नागरिकता लिए । अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयबाट उच्च शिक्षा लिएका उनले पछि सन् २००२ मा अमेरिकाको पनि नागरिकता लिए । हाल उनीसँग दक्षिण अफ्रिका, क्यानाडा र अमेरिका गरी ३ देशका नागरिकता रहेका छन् । उनी एक उद्यमी ईन्जिनियर र लगानीकर्ता हुन् । उनको अगुवाईमा द बोरिङ्ग कम्पनी, नेउरालिङ्क कम्पनी, टेस्ला कम्पनी मात्रै होइन हाल आएर स्पेस एक्स कम्पनी पनि स्थापना भएको छ । उनी यी सबै कम्पनीका प्रमुख कार्यकारी रहेका छन् । स्पेस एक्स कम्पनीबाट नै उनले अन्तरिक्ष र मंगलग्रहमा समेत यान पठाएका थिए । अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलस शहरमा बस्ने मस्क दुई महिना पहिले केही दिन संसारकै धनी मानिस समेत बनेका थिए ।

बर्नार्ड अर्नाल्ट

अरबपति बर्नार्ड अर्नाल्ट
अरबपति बर्नार्ड अर्नाल्ट

फ्रान्सका व्यवसायी बनार्ड संसारको तेस्रो धनीको सूचीमा रहेका छन् । उनको कम्पनी एलभीएमएचले लक्जरी सामानहरुको उत्पादन गरेर वितरण गर्ने गर्दछ । कोरोना भाइरसको महामारीमा यो कम्पनीले अरु कम्पनीहरुको भन्दा बढी समान निर्यात् गरेको छ । एलभीएमएच कम्पनी बनार्ड अर्नाल्टले सन् १०८७ मा स्थापना गरेका थिए । उनको सम्पती हाल १५० अरब अमरिकी डलर रहेको छ । फ्रान्सका स्थायी बासिन्दा बनार्डको एलभीएमएच कम्पनीको मुख्य कार्यालय फ्रान्सको राजधानी शहर पेरिसमा रहेको छ । सो कम्पनीका मुख्य कार्यकारी रहेका उनको कम्पनीबाट लुगा, घडी, गहना, बास्ना आउने अत्तर, भेषभुषाका सामान लगायत उत्पादन भएर संसारभरिका डिपार्टमेन्टल स्टोरहरुमा पुग्ने गर्छन् । सन् १९४९ मार्च ५ का दिन जन्मिएका संसारका तेस्रो धनी मानिस ७२ वर्षीय बनार्ड अर्नाल्ट संसारका तेस्रो धनी मानिस भएपनि उनी फ्रान्सका मात्रै होइन पुरै युरोपका सबैभन्दा पहिलो धनी व्यवसायी हुन् ।