• मंसिर १२ २०८१, बुधबार

कोरोनाकै बीचमा कुखुराको मासुको भाउ घट्यो

बैशाख १४ २०७८, मंगलवार

काठमाडौं । बजारमा ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा २० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले घटेर २९० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

जिउँदो कुखुराको मासुको भाउ घटेसँगै बुधबारदेखि काठमाडौं उपत्यकामा ब्रोइलर कुखराको तयारी मासुको मूल्य चार सय रुपैयाँमा झरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए । ‘वैशाख १२ को मूल्य गिरावट पछि मासुको मूल्य प्रतिकिलो ४१५ रुपैयाँमा झरेको थियो । अब चार सय रुपैयाँ कायम भएको छ,’ अध्यक्ष बीसीले भने ।

बढ्दै गएको कोभिड महामारीका कारण मासुको खपतमा उच्च गिरावट आएको र त्यसैको असर बजारमा परेको उनको भनाइ छ ।