काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ ।
सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको उनकाे सचिवालयले जनाएको छ।