• चैत्र २६ २०८१, बुधबार

भारतमा थप ३ लाख २३ हजार बढीमा कोरोना संक्रमण, २७ सय बढीको मृत्यु

बैशाख १४ २०७८, मंगलवार

एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको छ।

यस्तै सो अवधिमा भारतमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८९४ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजार २०४ पुगेको छ । गत २४ घण्टामा भारतमा २ लाख ५१ हजार भन्दा बढी कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ४८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा धेरै देखिएको छ । कर्नाटकमा पनि २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । सामाजिक गतिविधिमा गरिएको कडाइको कारण भारतको दिल्ली तथा महाराष्ट्रमा भने दैनिक नयाँ संक्रमितको संख्या घटेको छ ।

भारतमा हालसम्म १४ करोड ५२ लाख ७१ हजार १८६ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।