झापा । कोरोना भाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ । बंगलादेशी सञ्चार माध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो ।
नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ । बंगलादेशले यसअघि अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो । पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ । सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए ।