• मंसिर ११ २०८१, मंगलवार

मिनामैया थापाको ‘खाम कि चाखम चट्ट चटनी’ (भिडियो)

बैशाख १३ २०७८, सोमबार

काठमाडौँ /

‘खाम कि चाखम चट्ट चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मिनामैया थापाको सो गीत थापा आफैले शब्द र संगीत सिर्जना गरेकी हुन् भने बाबुल गिरी र मिनामैया थापाकै सुमधुर स्वरमा सो गीत सजिएको छ । बाबुल गिरीले संगीत संयोजन र मिक्सिङ गरेको उक्त गीतलाई सबिर कार्कीले रेकर्ड गरेका छन् ।

खाम कि चाखाम चट्ट चट्नी
खाम कि चाखाम चट्ट चट्नी

सुनाखरी मल्टिमिडियाले अडियो तथा भिडियो निर्माण गरेको छ । गीतको भिडियोलाई निर्देशन तथा नृत्य निर्देशन चर्चित निर्देशक शंकर विसीले गरेका छन् भने नविन घर्तीमगरले भिडियो सम्पादन सम्पन्न गरेका छन् । ‘खाम कि चाखम चट्ट चटनी, तिम्रो माया यो दिलबाट छैन हटनी’ भन्दै केटाले गीत गाउने र खाम कि चाखम चट्ट चटनी, मेरो बैंस, मेरो जोवन मेरै खटनी’ भनेर केटीले गीत गाउने सो गीतको भिडियोमा शंकर विसी, प्रकाश सपुत, गीता ढुंगाना, रिना थापा र करुणा बस्नेत लगायतले नृत्य गरेका छन् । कलाकारहरुले चटनी खान्छन कि चाखेर मात्रै छोड्छन ? थाहा पाउनलाई भने गीतको भिडियो नै हुर्नुपर्छ ।

हेरौं भिडियो ⇓