• मंसिर ११ २०८१, मंगलवार

कोभिड-१९ र पशुपालन क्षेत्रमा यसको दुष्प्रभाव

बैशाख १३ २०७८, सोमबार

कोरोना भाइरस रोग अर्थात् कोभिड-१९ महामारीका कारण धेरै क्षेत्रहरुको आर्थिक विकास नराम्रोसँग प्रभावित भएको छ । यसको कुप्रभावबाट महत्वपूर्ण क्षेत्र पशुपालन पनि अछुतो रहन सकेन । हाम्रो करीब ७०% जनसंख्या कृषि एवं पशुपालनमा निर्भर छन् । नेपलाको सकल घरेलु उत्पादनमा पशुपालनको योगदान ४.११ प्रतिशत छ र ८.८% रोजगारी दिन्छ । यस बाहेक पशुपालन क्षेत्रले पौष्टिक आहार तथा खाद्यय उत्पादनहरु जस्तै दुध फूल, मासु, पनीर, चिज, स्कीम मिल्क पाउडर आदि उपलब्ध गराउँदछ । तर कोभिड-१९ महामारीले गर्दा पशु्पालन क्षेत्र नराम्रोसित प्रभावित भएको छ ।

दुध, मासु, फूल उत्पादन खपत एवम बिक्रिमा कमी :

कोभिड-१९ को वैश्विक महामारीका कारण लकडाउन अवधिमा रेस्टुरेन्ट, होटल, चिया पसल आदि बन्द गरियो । जसका कारण दुग्घजन्य उत्पादन, खुवा, पनीर, आइसक्रिम, चीज आदिको विक्रि एवम् खपत कम भयो । कोभिड-१९ वैश्विक महामारीको फलस्वरुप आइसक्रिम खपतमा ६०-७०% कमी भयो । डेरी क्षेत्रमा ३०% कमी लकडाउनको शुरुवातमा देखियो । यसको कारण यो पनि छकि कोभिड-१९ वैश्विक महामारीको बेला लकडाउन हुनाले धेरै मानिस भय एवं समुदायको आमदानी पनि धेरै कम भयो । जसका कराण समुदायको क्रयशक्ति घटेर गयो ।

बजार बन्द हुनाको कारण दुधालु पशुहरुको दुध विक्रिमा कमी हुनुका साथै पशुपालकले दुध कम मूल्यमा बेच्नु पर्यो । जसका कारण पशुपालकलाई दोहोरो नोक्सानी व्यहोर्नु पर्यो । डेरी क्षेत्रमा अन्य क्षेत्रहरु जस्तै पशुजन्य उत्पादनहरु ग्राहक सप्लाई चेनद्वारा पुर्याइन्छ । परन्तु कोभिड-१९ को कारण लकडाउनको बेला सप्लाई चेन टुट्न पुग्यो । यसका कारण दुध एवम् मासु, फूल उत्पादनहरुको खपत एवं बिक्रि नहुनाको कारण उत्पादनकर्ताको थलोमा बिग्रेर गयो । फलस्वरुप दुध, मासु, फूल उत्पादनहरुको उत्पादनकर्ताले आर्थिक क्षतिको सामना गर्नुपर्यो ।

मासु उत्पादनको विक्रिमा नोक्सान :

दुधजन्य उत्पादनबाहेक चिकेन, मटन, चेभोन, पोर्क एवम् अन्य मासुजन्य उत्पादनहरुको बिक्रि एवम् खपत होटल, रेस्टुरेन्ट एवम् अन्य मासु पसल बन्द हुनाले अत्याधिक प्रभावित भयो । यस बाहेक सामाजिक सञ्जाल एवम् सञ्चार माध्यमहरुको यो अफवाह फैलियो कि कोभिड-१९ भाइरसको संक्रमण चिकेन, मिट खानाले हुन्छ जसको फलस्वरुप कुखुरापालन व्यवसायमा संलग्न किसानहरुलाई अत्याधिक आर्थिक क्षतिको सामना गर्नुपर्यो ।

पशु आहारमा कमी :

कोभिड-१९ महामारीले गर्दा लकडाउनको बेला पशु आहार बनाउने कारखानाहरुमा मजदुरको कमी सामाजिक दूरी बनाएर राख्नु, कच्चा मालको उपलब्धतामा कमी आदिको कारण पशु आकारको उत्पादन पनि कमी भयो । पशु आहार एवम् हरियो घाँसको अनुपलब्धताले पशुहरुको दुध उत्पादन, प्रजनन् क्षमता एवं कार्यक्षमतामा नराम्रो प्रभाव पर्यो । जसको फलस्वरुप अन्ततोगत्वा पशुपालकलाई आर्थिक नोक्सानी उठाउन पर्यो ।

बेरोजगार:

कोभिड-१९ वैश्विक महामारीबेला पशुपालन क्षेत्रसँग जोडिएका मानिस बेरोजगार हुन प¥यो किनकि यस क्षैत्रको आपूर्ति श्रृङ्खला, प्रशोधन प्लान्ट, बधशाला, दुध सहकारी, डेरीप्लान्ट, मिटप्लान्ट आदिमा धेरै मानिस काम गरिराखेका थिए । तर कोभिड-१९ महामारीका कारण पशुपालन क्षेत्रसँग सम्बन्धित व्यवसाय बन्द हुनाको कारण यसमा काम गर्ने कामदार बेरोजगार हुन पुगे ।

संकटमा पशुचिकित्सकको भूमिका :

कोभिड-१९ महामारीको कारण पशुपालन क्षेत्रसँग सम्बन्धित व्यवसायमा आएको कमीलाई पशु चिकित्सक समुचित पशुचिकित्सा उपलब्ध गराएर निराकरण गर्न सक्दछन् । डेरी व्यवसायसँग आवद्ध पशुचिकित्सक दुधारु पशुहरुको दुध उत्पादनमा आएको कमीलाई आहार, समुचित चिकित्सा उपलब्ध गराएर दुध उत्पादन बढाउन सकिन्छ । पशुचिकित्सक पशुआहारको कमीलाई निराकरण गर्नका लागि पशुपालकहरुलाई साइलेज, … एवम् सन्तुलित आहार बनाउने एवम् तिनको संरक्षणको बारेमा प्रशिक्षित गर्न सक्दछन् । यस बाहेक पशु आहार निम्ति एजोला एवम् हाइड्रोपोनिकसको उत्पादनका लागि पशुपालकहरुलाई प्ररित पशु चिकित्सकले नै गर्न सक्दछन् ।

पशु चिकित्सक बाख्रापालनसँग जोडिएका कृषकहरुलाई वा यस व्यवसाय शुरु गर्न इच्छुक कृषकहरुलार्य बैंक वा पशुपालन विभागबाट आर्थिक सहायता दिलाउन मद्दतगार साबित हुने छन् । बाख्रालाई गरिबको गाई एवम् ए.टी.एम. भनिएको छ किनकि बाख्रा पालन गरीब सिमान्तकृत कृषकले पनि कम लागतमा सुरु गर्न सक्छन् एवम् जब आर्थिक जरुरत पर्छ बेचेर आर्थिक लाभ कमाउन सक्छन् । कोभिड-१९ को बेला कृत्रिम गर्भाधानमा आउको कमीलाई यस क्षेत्रसँग जोडिएका पशुचिकित्सकले पालकको घरदैलोमा गएर गाई भैंसीलाई उन्नत नश्लको बीर्य प्रयोग गरी गर्भाधान गराएर समयानुसार पशुपालकलाई पाडा-पाडी, बाच्छा-बाच्छी पाउने सुनिश्चितता गराउन सक्नेछन् ।

हाम्रो देशमा गाईको संख्याको झण्डै ८० प्रतिशत काठे गाईको संख्या छ । यी गाईहरुमा अत्याधिक तामक्रम सहने क्षमता, कीर्नाको संक्रमणप्रति प्रतिरोधात्मक क्षमताको विकास हुनु एवम् दुधको गुणस्तर विदेशी नश्लभन्दा अपेक्षाकृत बढी छ । यी सबै गुणहरुका कारण यिनको विशिष्ट महत्व छ । गाई मिसनद्वारा किसानले कम लागत खर्चमा स्थानीय गाई पालेर आर्थिक लाभ पाउन सक्दछन् एवम् किसान आफैं आत्मनिर्भर हुन सक्दछन् । यसका लागि पशुचिकित्सकको सहभागिता महत्वपूर्ण हुनेछ ।

दुध एउटा सन्तुलित आहार मानिन्छ एवम् मान्छेको रोग प्रतिरोधात्मक क्षमता बनाइ राख्न एवम् स्वस्थ्य राख्नमा दुधको महत्वपूर्ण भूमिका रहन्छ । दुधालु पशुलाई उचित मात्रामा दुध उत्पादन गर्नका लागि एवम् दुध उत्पादन क्षमता स्थिर राख्नमा पशुचिकित्सकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । जसले गर्दा जनसमुदायलाई पर्याप्तमात्रामा दुध उलब्ध होस् । यस बाहेक कोभिड-१९ महामारीको समस्या स्वास्थ्य रहन एवम् इम्युन क्षमता बलियो बनाइराख्न मासु, चिकेन, मटन, पोर्क आदिलाई मांशाहारी जनसमुदाय भोजनमा समोल गरी आफूलाई तन्दुरुस्त राख्न सक्दछन् । यसका लागि कुखुरा पालन , बाख्रापालन, भेंडा पालन, सुंगुर पालन आदि प्रति समुदायलाई जागरुक गर्नका लागि पशुचिकित्सकको मुख्य भूमिका हुनेछ ।

यी व्यवसाय गर्न इच्छुक समुदायलाई पशुपालन विभाग, बैंक वित्तिय संस्था, गैह्र सरकारी संस्थाबाट आर्थिक सहायता, अनुदान दिलाउन पशुचिकित्सक सहयोगी सिद्ध हुनसक्छन् । पशुचिकित्सक सहकारी एवम् अन्य गैरसरकारी संस्थाहरु तथा पशुपालक बीच एउटा सहजकर्ताको रुपमा काम गर्न सक्छन् । किसानहरुलाई कोभिड-१९ महामारीको बेला एवम् पछि डेरी व्यवसायलाई प्रोत्साहन गर्नका लागि गाई-भैंसी पालन, मासु उत्पादन बढाउनका लागि कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन आदिका लागि उचित दरमा ऋण दिलाउन पशुचिकित्सकले मद्दत गर्न सक्दछन् । यसो गर्नाले मानिसहरु आयमा भएको कमीलाई बढाउन सकिन्छ साथसाथै धेरै मानिसलाई रोजगारी पनि प्राप्त हुनेछ एवम् पोषणयुक्त आहारको उपलब्धता सुनिश्चितता हुनेछ ।

पशु चिकित्सा महाविद्यालय अनुसन्धान निकाय एवम् प्रयोगशालाहरुले रियल टाइप पि.सि.आर. द्वारा आफ्नो प्रयोगशालामा ठूलो संख्यामा मानिसहरुको नमूना गरी कोभिड-१९ लाई नियन्त्रण गर्नमा महत्वपूर्ण भूमिका निभाएर एक स्वास्थ्य एक देशको अवधाराणालाई सार्थक गर्न सक्छन् ।

कोभिड-१९ गाइडलाइन निर्देशिकाजस्तो सामाजिक दूरी बनाइराख्ने, मास्क लगाउने, हात धुने, सेनेटाइजरको उयोग गर्ने आदिको पालना गर्ने गराउने, सुनिश्चित गर्ने एवम् सचेतना जनसमुदायमा फैलाउनमा पशुचिकित्सकको भूमिका महत्वपूर्ण हुनेछ किनकि पशुचिकित्सक किसानको दैनिक एवम् नियमित आयको साधनसँग सिधा जोडिएको हुन्छ । जसले गर्दा पशु चिकित्साकर्मीले सम्झाउँदा किसान कोभिड-को स्वास्थ्य निर्देशिका सजिलै पालना गर्नेछन् जसबाट कोभिड-१९ भाइरसको संक्रमण कम हुनेछ ।

यसरी कोभिड-१९ वैश्विक महामारी एवम यसका कारण लकडाउनको फलस्वरुप समुदायको आयमा आएको कमी कोभिड-१९ का कारण बेरोजगार भएका समुदायलाई रोजगारी दिलाउन अनि कोभिड-१९ को दोस्रो लहरबाट बचाउनका लागि इम्युन क्षमता कोभिड-१९ को बेला बनाइराख्नुका साथ साथै कोभिड-स्वास्थ्य निर्देशिका किसान बीच पालना गर्र्ने सुनिश्चित गर्नमा पशु चिकित्सकहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।