अतिरिक्त मुल्यको सिद्धान्त माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सको एक महत्वपूर्ण देन हो । माक्र्सले आफ्नो ग्रन्थमा अतिरिक्त मुल्यको सिद्धान्तबारे प्रकाश पारेको छन् । माक्र्सले पुँजीपतिबाट हुने श्रमिकको शोषणको नौलो स्वरुपमा अतिरिक्त मुल्यको सिद्धान्तलाई अघि सारेका छन् । रिकार्डोजस्ता अर्थशास्त्रीजस्तै कुनै सामानको मुल्य त्यसमा लागेको श्रमको आधारमा निर्धारण गरिन्छ भन्ने विचारबाट सहमत छन् ।
कहाँबाट आउँछ अतिरिक्त मुल्य ?
मजदुरले आफ्नो श्रमबाट धन उत्पादन गर्दछ । पुँजीपतिले त्यसबाट पूरै नाफा आर्जन गर्छ । मजदुरसँग कलकारखाना स्थापना गर्न पुँजी हुँदैन । तसर्थ, पुँजीपति मालिकको कारखानामा काम गर्दछ । श्रम बिक्रि गर्छन् । त्यसबाट सामान उत्पादन गर्छन् । पुँजीपतिले ती सामान महँगो दाममा बिक्रि गर्छन् । त्यसबाट बढी फाइदा स्वयम्ले लिई कम पारिश्रमिक मजदुरलाई दिइन्छ । पुँजीपतिले समान उत्पादन गर्दा र बिक्रि गर्दा जुन नाफा हुन्छ, त्यो नै माक्र्सको अनुसार अतिरिक्त मुल्य हो ।
माक्र्सका अनुसार यो अतिरिक्त मुल्यको हकदार पुँजीपति होइन, मजदुर हुनुपर्छ । किनकि, धन उत्पादनमा मजदुरको प्रमुख भूमिका रहन्छ । मजदुरले श्रम खर्चेको हुन्छ । तसर्थ, मुल्य निर्धारणमा श्रमको महत्व हुन्छ । कुनै वस्तुको मुल्यमा श्रमको भूमिका भएको हुनाले त्यो वस्तु उत्पादनमा लाग्ने व्यक्तिले श्रम अनुसारको पारिश्रमिक पाउनु पर्छ । तर त्यो काम गर्ने कृषक मजदुर आदिले पाउँदैनन् ।
कसरी हुन्छ दोहोरो शोषण ?
मालिकले मजदुरबाट निर्मित वस्तुलाई महँगो गरी बजारमा बेचेर मुनाफा कमाउँछ । यसबाट दोहोरो शोषण हुन्छ । एकातिर श्रमको उचित पारिश्रमिक नदिने अर्कोतर्फ महँगो बेचेर मुनाफा कमाउँछ । मूल रुपमा बस्तु उत्पादनमा लागेको श्रमको उचित श्रमको उचित पारिश्रमिक नदिई बजारमा मुनाफा कमाएर महङ्गो रुपमा बेच्ने पद्धति नै अतिरिक्त मुल्यको सिद्धान्त हो ।
माक्र्सका अनुसार कुनै पनि वस्तुको मूल्य यस कुरामा भर पर्दछ कि त्यसलाई उत्पादन गर्न सामाजिक आवश्यकताको पूर्तिको दृष्टिले कति श्रमकाल लगाइयो ? उत्पादित वस्तुमा मजदुरलाई पुँजीपतिले दिएको ज्याला र विनियम मुल्यबीचको अन्तर हो । पुँजीपतिले मजदुरलाई लागत श्रमको उचित मूल्य नदिई जुन नाफा कमाउँछ, त्यो नै अतिरिक्त मूल्य हो । यो शोषण हो । यसले नै वर्ग निर्माण गर्दछ ।
के यो शोषण हो ?
माक्र्सको अतिरिक्त मुल्यको सिद्धान्तअनुसार एउटा मजदुरलाई पुँजीपतिले त्यतिकै मजदुरी दिइन्छ, जतिले ऊ आफ्नो जीविकोपार्जन गर्न सक्छ । श्रमिक थोरै पारिश्रमिक लिन श्रम बेच्न बाध्य हुन्छ किनकि उत्पादनका सम्पूर्ण साधनमा पुँजीपतिको स्वामित्व रहन्छ । श्रमिकको बाध्यताको फाइदा पुँजीपतिले उठाउँछ र बढी लाभांश आफुले लिने र श्रमिकलाई न्युनतम पारिश्रमिक दिन्छ । यसलाई माक्र्सले शोषणको संज्ञा दिन्छन् । मजदुरको दयनीय गाथा आफ्नो विचारमा व्यक्त गरेको पाइन्छ ।
अतिरिक्त मुल्य सिद्धान्तको आलोचना
माक्र्सले अतिरिक्त मुल्यको सिद्धान्तमा श्रम धन उत्पादनको एक प्रमुख साधन मानेका छन्न् । लाभांशमा श्रमिकको अधिकार हुनुपर्छ । तर त्यो उचित देखिदैन किनभने कुनै वस्तुको मुल्य निर्धारण श्रमबाट मात्र हुँदैन । पुँजीपतिको पुँजी मेशिन आदि पनि निर्धारणमा सम्मिलित भएको हुन्छ । भाडा, भूमि, घरको भाडा कच्चा पदार्थ मेशिनको मुल्य, ब्याज आदिका भुक्तानी गर्नु पर्ने हुँदा मुल्य निर्धारणमा भूमिका निर्वाह गर्छ । अतिरिक्त नाफा श्रमिकले पाउनुपर्छ भनेको छ ।
तर जसले पुँजी परिचालन गर्छ, नाफा आर्जन गर्ने हक पनि राख्छ । अतिरिक्त मुल्य आर्थिक नारा नभई राजनीतिक नारा बढी छ । अतिरिक्त मुल्य सिद्धान्तको विचार अभिव्यक्ति गरेर पुँजीवादी व्यवस्थामा श्रमिकमाथि भएको शोषणलाई छर्लङ्गयाउन चाहेको छ । पुँजीवादी व्यवस्थामा पुँजीपतिले अधिक मुल्य अधीग्रहण गर्दछ । श्रमिक शोषणको अन्त्य समाजवादको स्थापना हुन्छ ।
वर्ग सङ्घर्ष
माक्र्सको चिन्तनमा वर्ग सङ्घर्षको निकै महत्वपूर्ण स्थान छ । माक्र्सका अनुसार मानव इतिहासको प्रारम्भदेखि समाज दुई वर्गमा विभाजन हुँदै आएको छ । पहिलो शासक वर्ग र दोस्रो शासित वर्ग । मानव सभ्यताको विकासदेखि समाज दुई वर्गमा विभाजन हुँदै आएको छ । शासक र शासित शोषक र शासित । पुँजीपति र श्रमिक एउटासँग साधन छ भने अर्कोसँग श्रम । यी दुई परस्पर विरोधी वर्गबीच निरन्तर सङ्घर्ष चलिरहन्छ ।
मानव इतिहास : वर्गसंघर्षको इतिहास :
माक्र्स स्वयम्ले सम्पूर्ण मानव जातिको वर्तमानसम्मको इतिहासलाई वर्ग संघर्षकै इतिहासको रुपमा चित्रित गरेका छन् । माक्र्सले आफ्नो रचना कम्युनिष्ट मेनिफेष्टोमा भनेका छन् । आजसम्म विद्यमान समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो । स्वतन्त्र मानिस र दास अभिजात वर्ग र सर्वासाधन जनता समान्त र किसान स्वामी र कामदार समग्रमा शोषक र शोभित सँधै एक अर्काविरुद्ध कहिले खुलेर कहिले लुकेर निरन्तर युद्ध गरिरहेका छन् । पुँजीपतिको अन्त्य र मजदुरको विजय जब हुन्छ, तब नै यो युद्ध समाप्त हुन्छ ।
शोषणको अन्त्य र समानताको राज :
माक्र्सका अनुसार पुँजीवाद एकदिन स्वयम् नष्ट हुन्छ किनकि यसमा नष्ट हुने किटाणु विद्यमान छ । पुँजीवाद जति विकसित हुन्छ, त्यति पुँजीवाद अल्पसंख्यामा परिणत हुँदै जान्छ र सर्वहारावर्गको संख्या बढ्दै जान्छ । उद्योगको संख्या बढ्छ । मजदुरको संख्या बढ्छ । पुँजीवाद व्यवस्थामा श्रमिकको संख्या बढ्छ । दुवैलाई एक ठाँउमा संगठित गर्दछ र उनीहरुलाई वर्ग जागरुक बनाउँछ । आपसमा संगठित भएर आफ्नो आक्रोश अभिव्यक्त गर्न अघि सर्दछन् । पारस्परिक सहयोग बढ्छ ।
श्रमिकको क्रय शक्तिलाई घटाउँछ । उनीहरुको शोषणलाई बढाएर व्यवस्थित संघर्षको लागि तैयार गर्दछ । पुँजीवाद स्वयम् नष्ट हुने तर्फ लम्किरहेको छ । अर्कोतर्फ मजदुर संगठित भई नष्ट गर्न लागि परेका छन् । शोषकको अन्त्य गर्न श्रमिक शोषत संगठित हुनुपर्छ । त्यस कारण माक्र्स विश्वका सम्पूर्ण शोषित संगठित हुनुपर्छ भन्ने कुरामा जोड दिन्छन् । तब मात्र शोषक वर्ग पुँजीपतिको पुँजीवाद व्यवस्थाको अन्त्य हुन्छ, साम्यवादी घोषणा पत्रमा लेखेका छन्– साम्यवादी आफ्नो विचार तथा लक्ष्य लुकाउनमा घृणा गर्छ उनीहरुको उद्देश्य तब मात्र पुरा हुन्छ, जब वर्तमान सामाजिक स्थितिलाई बलपूर्वक परिवर्तन गरिन्छ । श्रमिक वर्ग पुँजीपतिको बन्धनबाट मुक्त हुन्छन् । विश्वका सम्पूर्ण मजदुर संगठित भई विश्वमा विजयको झण्डा गाड्नु छ ।