• फाल्गुन २६ २०८२, मंगलवार

ओलीले बोलाए एमाले महाधिवेशन आयोजक कमिटीकाे आकस्मिक बैठक

बैशाख १२ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन् । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो । बैठकका एजेन्डाबारे भने खुलाइएको छैन ।

दुई दिन आघिमात्रै आयोजक कमिटीको पहिलो बैठक सकिएको थियो । त्यसको दुई दिन नबित्दै अर्काे बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।