संसारका सबैको नजरमा परिरहेको अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा) ले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन छुट्याउने प्रविधिको प्रयोग सफलतापूर्वक गरिरहेको छ । यो यान्त्रिक वैज्ञानिक प्रयोग हो । यसको अर्थ हो, मंगल ग्रहमा अक्सिजन आफै निर्माण हुने जलवायु भने छैन ।
तर मंगल ग्रहमा अक्सिजन विनाको हावा भने छ । त्यहाँ आँधी आउँछ, हुरी चल्छ । हावामा अत्यधिक रुपमा कार्बनडायोक्साइड छ । त्यहाँ रहेको कार्वनडायोक्साइडका कारण यो प्रयोग सफल भएको हो । मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बन डाइअक्साइड र ०.१३ प्रतिशत अक्सिजन छ । पृथ्वीको हावामा भने लगभग २३ प्रतिशत अक्सिजन रहेको छ ।
पर्सिभिअरन्स रोभरमार्फत् मंगलमा उतारिएको मेसिन मोक्सी एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बन डाइअक्साइडलाई बिच्छेदन गरी एक अणु अक्सिजन निकाल्न सफल भएको छ । बाँकी दुई अणु कार्बन त्यहाँको हावामा छोडिएको छ । रमाइलो र आशावादी रहने कुरा त के भएको छ भने मोक्सी यन्त्रले एक हप्तामा उत्पादन गरेको अक्सिजन एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने वा पाँच ग्राम बराबरको छ ।
अब अर्को चुनौती खडा भएको छ, मानिसका लागि । त्यो हो, के अक्सिजनमैत्री वातावरण प्राकृतिक रुपमा मंगलमा बनाउन सकिएला ? मंगलमा रहेको मोक्सीले पृथ्वीमा रहेका वैज्ञानिकतिर यो जटिल प्रश्न सोधिरहेको छ ।