• आश्विन १३ २०८१, आईतवार

सूर्यभित्र झण्डै १० लाख पृथ्वी अटाउँछन्

बैशाख ११ २०७८, शनिबार

१. सूर्यभित्र झण्डै १० लाख पृथ्वी अटाउँछन् । तर यसमा बिस्तारै परिवर्तन हुँदैछ । सूर्य बिस्फोटन र त्यसमा रहेका तत्वहरुको नास हुँदै जानुका कारण आकारमा सानो हुँदै गैरहेको मानिन्छ ।

२. प्रति सेकेण्ड ४.५ पौण्डको सूर्य किरणले पृथ्वीलाई तताइरहेको हुन्छ ।

३. सूर्यको प्रकाशले अन्तरीक्षमा प्रति सेकेन्ड १,८६,००० माइल यात्रा गर्छ ।

४. हामीले १,८६,००० माइल टाढाको वस्तु देख्यौं भने हामी भएको ठाउँबाट त्यो वस्तु रहेको ठाउँमा पुग्न सूर्यको किरणलाई एक सेकेण्डमात्र लाग्छ ।

५. अगष्ट २४, २००६ मा इन्टरन्यास्नल एस्ट्रोनोमिकल युनियनले प्लुटोलाई पनि ग्रह मानेपछि सौर्यमण्डलमा ग्रहको संख्या नौ पुगेको छ ।

६. मंगल ग्रह रातो देखिने भएकाले प्राचीन ग्रिस तथा रोमनका खगोलविदहरुले यसलाई रगतले लत्पतिएको भन्दै युद्धका देवता मान्ने गरेका थिए ।

७. आधुनिक विज्ञानले मंगल ग्रहलाई रातो ग्रह त मानेको छ, तर त्यो ग्रह रातो हुनुको कारण चाहिं त्यहाँको चट्टानमा आइरन अक्साइड अत्यधिक संकेन्द्रित हुँदा रातो देखिएको हो भनेर पुष्टि गरेको छ ।

८. मंगल ग्रह भौगर्भिक बनोटका हिसाबले पृथ्वी जस्तै छ ।

९. त्यहाँ ज्वालामुखी बिस्फोट भएर बनेका ठूलाठूला क्रेटर, सुकेका ताल, फाँट, अग्ला पहाड र गहिरा खोचहरु छन् ।

१०. मंगल ग्रहमा नासाले पठाएको पर्सिभिअरन्स रोभरले उत्खनन् गर्ने र त्यहाँको माटो तथा ढुंगामा परीक्षण गर्ने काम गरिरहेको छ ।

११. पृथ्वीमा बसेरै नासाले मंगल ग्रहको सतहबाट मंगलकै आकाशमा इन्जेन्युइटी नामक हेलिकप्टरको उडान भरेर इतिहास रचेको छ ।