काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लोकतन्त्र दिवसबारे आफ्नो धारणा राख्दै दलहरुले राजसंस्थालाई धोका दिएकोसमेत आरोप लगाएका छन् ।
उनले आफ्नो ट्वीटरमा लेखेका छन्–‘२०६३ साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे, थापाले भनेका छन्, तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको छ।’