विशेषगरी सुन्दर बन्न चाहने र मेकअपमा इन्ट्रेस्ट हुनेहरूले आँखीभौँ मिलाइरहेका हुन्छन् । यसरी मिलाउने आँखीभौँ एकै प्रकृतिको चाहिँ हुँदैन । फेसको आकार र आँखीभौँको प्रकृतिअनुसार यसको शृंगार गरिन्छ । मानिस फरक–फरक प्रकृतिको आँखीभौँ बनाउन चाहन्छन् । विशेषगरी आँखीभौँ चार प्रकारका हुन्छन् । तर, अनुहारअनुसारको सेप दिन पनि सकिन्छ ।
ओभल सेप
यो अन्डा आकारको आँखीभौँ हो । यस्तो आँखीभौँ गोलो र डल्लो अनुहारका लागि निकै म्याच गर्छ । मंगोलियन फेसका लागि यो निकै राम्रो हुन्छ । यस्तो आँखीभौँको फलो गर्नेहरू पनि निकै छन् ।
र्याप्टिंगल सेप
यो चन्द्रमा आकारको आइसेप हो । यस्तो प्रकृतिको आँखीभौँ अलिकति लाम्चो आकारको अनुहारमा सुट गर्छ । आर्यन फेसका लागि यो निकै राम्रो हुन्छ ।
भी सेप
भी सेप धेरै मानिसका लागि सुट गर्छ । सानो चिटिक्क अनुहार भएकालाई यस्तो सेप निकै राम्रो हुन्छ ।
लाइनिङ
सीधा लाइनिङ बनाएर पनि आँखीभौँको शृंगार गर्न सकिन्छ । यस्तो सेप बाक्लो र पातलो बनाउँदा निकै ध्यान दिनुपर्ने हुन्छ । ठूलो फेस भएकालाई बाक्लो बनाउँदा पनि राम्रो हुन्छ र सानो अनुहार भएकालाई चाहिँ बाक्लो त्यति राम्रो हुँदैन । त्यस्तै, पातलो खालको आँखीभौँ भएमा त्यस्तालाई मोटो गरी मिलाउनुपर्छ र पातलो र छरिएको छ भने अलि बाक्लो राख्नुपर्ने हुन्छ ।
कति समयमा मिलाउने ?
एकपटक आँखीभौँ मिलाइसकेपछि पुनः कहिले पार्लर जाने त भनेर धेरैलाई कन्फ्युज हुन सक्छ । तर, फरक–फरक मानिसको आँखीभौँ ग्रोथको अवधि पनि फरक–फरक हुन्छ । प्रायः मानिसको १० दिनदेखि आँखीभौँ देखिने गरी उम्रिन थाल्छ । त्यसैले आफ्नो आँखीभौँको प्रकृति हेरी १० दिनदेखि एक महिनासम्ममा मिलाउन सकिन्छ ।