• मंसिर १४ २०८१, शुक्रबार

माधव नेपाल पक्षका नेताहरुलाई पार्टीको मूलधारमा आउन विष्णु रिजालको आग्रह

बैशाख १० २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीका विदेश विभागका उपप्रमुुख विष्णु रिजालले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई पनि पार्टीको मूलधारमा आउन आग्रह गरेका छन् ।

उनले नेता नेपाल पक्षका विषयमा पनि शुुक्रबारको एमाले दशौं महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठकमा छलफल भएको र नेता नेपाल पक्ष पनि आगामी दिनमा सकारात्मक ढंगले अघि बढ्ने आशा राखेका छन् ।

शुुक्रबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले युवा नेता रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ ।

युवा नेता रिजाल लामो समय नेता नेपाल पक्षमा रहेर काम गर्दै आएकोमा पछिल्लो समय अध्यक्ष ओली पक्षमा प्रवेश गरेका थिए ।